दुई सातापछि आज मन्त्रिपरिषद् बैठक बस्दै
प्रधानमन्त्री एवं मन्त्रिपरिषद्का अध्यक्ष बालेन शाहले बैठक आह्वान गरेका हुन् । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ ।
काठमाडौं । करिब दुई सातापछि आज मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार अपराह्न ४ बजेका लागि बैठक बोलाइएको हो । प्रधानमन्त्री एवं मन्त्रिपरिषद्का अध्यक्ष बालेन शाहले बैठक आह्वान गरेका हुन् । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ ।
लामो समयपछि बस्न लागेको बैठकमा विभिन्न मन्त्रालयका प्रस्ताव, सरकारका नियमित कामकारबाही तथा समसामयिक विषयमा छलफल हुने अपेक्षा गरिएको छ । बैठकले आवश्यक प्रशासनिक तथा नीतिगत निर्णयसमेत गर्न सक्नेछ । यद्यपि बैठकको औपचारिक कार्यसूचीबारे भने विस्तृत विवरण सार्वजनिक भएको छैन ।