खोज, उद्धार र राहतका काममा कुनै कसर बाँकी नराख्न सरकारलाई रास्वपाको आग्रह

विज्ञापन
ncell

उनले अझै सम्पर्कविहीन नागरिकको अवस्था तत्काल यकिन गर्नुपर्ने तथा कानूनी अवरोध भए आवश्यक कानूनी व्यवस्था गरेर परिवारको सहमतिमा सहजीकरण गर्नुपर्ने निष्कर्ष बैठकले निकालेको बताए ।

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले रसुवाको भोटेकोशी बाढीपछिको राहत, उद्धार, पुनर्निर्माण तथा पुनर्स्थापनाको काम थप प्रभावकारी बनाउन सरकारलाई आग्रह गरेको छ । आइतबार पार्टी केन्द्रिय कार्यालय चःमतिमा बसेको सचिवालय बैठकले यस्तो आग्रह गरेको पार्टी प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।

उनले विपद्पछिको खोजी, उद्धार तथा राहतमा कुनै कसर बाँकी नराख्न सरकारलाई आग्रह गरिएको बताए । उनका अनुसार सरकारका प्रतिनिधिहरुले बैठकमा रसुवा बाढीपछिको खोज, उद्धार र राहतको विषयमा ब्रिफिङ गरेका थिए । उद्धार तथा राहतको काम प्रभावकारी रूपमा अघि बढिरहेको र पुनर्निर्माण तथा पुनर्स्थापनाको कामसमेत समानान्तर रुपमा अघि बढाइएको जानकारी बैठकमा गराइएको प्रवक्ता खरेलले बताए ।

उनले बैठकले पहिचान हुन नसकेका शवको डीएनए परीक्षण यथाशीघ्र गरी पीडित परिवारलाई राहत उपलब्ध गराउनुपर्नेमा दिएको पनि बताए । उनले अझै सम्पर्कविहीन नागरिकको अवस्था तत्काल यकिन गर्नुपर्ने तथा कानूनी अवरोध भए आवश्यक कानूनी व्यवस्था गरेर परिवारको सहमतिमा सहजीकरण गर्नुपर्ने निष्कर्ष बैठकले निकालेको बताए । १० भदौमा आएको रसुवा बाढीपछि स्थगित गरिएका पार्टी गतिविधिहरु समेत आजैदेखि पुनः सञ्चालन गर्ने निर्णय समेत बैठकले गरेको उनले बताए ।