चीन भ्रमणमा जानुअघि रास्वपा प्रतिनिधिमण्डलले सभापति लामिछानेसँग छलफलमा

भ्रमणको तयारी तथा समसामयिक विषयमा प्रतिनिधिमण्डलले आज सभापति लामिछानेसँग सभापति निवासमा छलफल तथा परामर्श गरेको हो ।

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को औपचारिक निमन्त्रणामा चीन भ्रमणमा जान लागेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रतिनिधिमण्डलले पार्टी सभापति रवि लामिछानेसँग छलफल गरेको छ ।

रास्वपाका महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा उच्चस्तरीय प्रतिनिधिमण्डल कात्तिक २९ गतेदेखि चीन भ्रमणमा जाने कार्यक्रम छ । भ्रमणको तयारी तथा समसामयिक विषयमा प्रतिनिधिमण्डलले आज सभापति लामिछानेसँग सभापति निवासमा छलफल तथा परामर्श गरेको हो ।