विन नेपाल र स्वरोजगार लघुवित्तबीचको एकीकृत कारोबार आजदेखि
प्राप्तिपश्चात् विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडका सम्पूर्ण सम्पत्ति, दायित्व तथा अन्य सम्भावित दायित्वहरू स्वरोजगार लघुवित्तले व्यहोर्ने गरी एकीकृत कारोबार सञ्चालन गरिने छ।
काठमाडौँ । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरेपछि आजदेखि एकीकृत वित्तीय कारोबार सञ्चालन गर्ने भएको छ । नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त स्वरोजगार लघुवित्तले आवश्यक कानुनी प्रक्रिया पूरा गरी नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड र कम्पनी रजिस्ट्रारको कार्यालयबाट अन्तिम स्वीकृति पाएपछि विन नेपाललाई प्राप्ति गर्ने प्रक्रिया पूरा गरेको हो ।
प्राप्तिपश्चात् विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडका सम्पूर्ण सम्पत्ति, दायित्व तथा अन्य सम्भावित दायित्वहरू स्वरोजगार लघुवित्तले व्यहोर्ने गरी एकीकृत कारोबार सञ्चालन गरिने छ। आज दुवै संस्थाका सम्पूर्ण बैंकिङ सेवाहरू एक दिन बन्द रहने छ ।
प्राप्तिपश्चात् संस्थाको नाम ‘स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड’ कायम रहनेछ। यसको केन्द्रीय कार्यालय काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका-५ मा रहने जनाइएको छ ।
