हिमालयन रि-इन्स्योरेन्सका अध्यक्ष उदयकुमार निरौलाले दिए राजीनामा

विज्ञापन
ncell

हिमालयन रिइन्स्योरेन्सका सञ्चालकहरु सम्पत्ति शुद्धीकरण अनुसन्धानमा जोडिएपछि निरौला गत चैतमा कम्पनीको अध्यक्ष बनेका थिए । निरौला पनि कम्पनीबाट ५ महिनामै बाहिरिएका हुन् ।

काठमाडौं । हिमालयन रिइन्स्योरेन्सको अध्यक्षबाट उदयकुमार निरौलाले राजीनामा दिएका छन् । निरौलाले सञ्चालक समितिसमक्ष राजीनामा दिएका हुन् । उनले व्यक्तिगत कारण देखाएर राजीनामा दिएका हुन् । निरौलाको राजीनामा सञ्चालक समितिले भदौ १० गतेदेखि लागू हुने गरी स्वीकृत गरिसकेको छ।

हिमालयन रिइन्स्योरेन्सका सञ्चालकहरु सम्पत्ति शुद्धीकरण अनुसन्धानमा जोडिएपछि निरौला गत चैतमा कम्पनीको अध्यक्ष बनेका थिए । निरौला पनि कम्पनीबाट ५ महिनामै बाहिरिएका हुन् ।