बाढी पीडितलाई दक्षिणकाली इन्भेष्टमेन्टको १० लाख सहयोग

विज्ञापन
ncell

लगानीकर्ताले आवश्यक रकम जुटाउन कम्पनीमार्फत सेयर बिक्री गरेको अवस्थामा सेटलमेन्ट साइकल कुर्नु नपर्ने गरी तत्काल रकम भुक्तानी गर्ने व्यवस्था समेत गरिएको कम्पनीले जनाएको छ ।

काठमाडौँ । दक्षिणकाली इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज (ब्रोकर नम्बर ३३)ले बाढीबाट प्रभावितहरूको उद्धार र राहतका लागि आर्थिक सहयोग गरेको छ । कम्पनीले आफ्नो १५औं वार्षिकोत्सवको अवसरमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख रुपैयाँ जम्मा गरेको छ ।

 राष्ट्रिय विपद्का कारण प्रभावित समुदायको पुनर्स्थापनाका लागि उक्त रकम हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ । बाढी प्रभावित क्षेत्रका लगानीकर्ताले आवश्यक रकम जुटाउन कम्पनीमार्फत सेयर बिक्री गरेको अवस्थामा सेटलमेन्ट साइकल कुर्नु नपर्ने गरी तत्काल रकम भुक्तानी गर्ने व्यवस्था समेत गरिएको कम्पनीले जनाएको छ ।

सेक्युरिटिजले वार्षिकोत्सवका अवसरमा लगानीकर्ता साक्षरताका कार्यक्रम गरेको छ । कार्यक्रममा पुँजी बजारमा विद्यमान अवसर, चुनौती लगायत धितोपत्रको आधारभूत विश्लेषण, सूचीकृत कम्पनीहरूको वित्तीय विवरण विश्लेषण तथा पोर्टफोलियो विविधीकरण कसरी गर्ने भन्ने विषयमा व्यावहारिक ज्ञान प्रदान गरिएको कम्पनीले जनाएको छ ।