बालेन लक्षित नेकपा सांसदको टिप्पणी-‘गाँजा-भाङ खाएर सवारी चलाए दुर्घटना निश्चित छ’

विज्ञापन
ncell

उनले चालक दक्ष र सचेत भए मात्र गन्तव्य सुरक्षित हुने बताउँदै यदि चालकले मादक पदार्थ वा लागुपदार्थ (गाँजा, भाङ, धतुरो) सेवन गरेर सवारी चलाएमा दुर्घटना निश्चित

काठमाडौं । राष्ट्रिय सभामा नेपाली कम्युनिष्ट पार्टीका सांसद सुरेशकुमार आलेमगरले प्रधानमन्त्री बालेन्द्र शाह लक्षित गर्दै तीब्र गतिमा गुड्ने ‘एक्सप्रेस’ सवारी साधन र त्यसको चालकको कार्यशैलीलाई लिएर सांकेतिक टिप्पणी गरेका छन् । बुधबार बसेको राष्ट्रिय सभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद आलेमगरले सवारीको गति र चालकको सन्तुलन नमिल्दा गम्भीर दुर्घटना निम्तिन सक्ने चेतावनी दिए ।

सांसद आलेमगरले ट्राफिक नियमको बिस्तारै गए अवश्य पुगिन्छ, छिटो गए भन्न सकिन्न भन्ने नारालाई उद्धृत गर्दै द्रुत गतिमा चल्ने सवारीका जोखिमबारे चर्चा गरे । उनले चालक दक्ष र सचेत भए मात्र गन्तव्य सुरक्षित हुने बताउँदै यदि चालकले मादक पदार्थ वा लागुपदार्थ (गाँजा, भाङ, धतुरो) सेवन गरेर सवारी चलाएमा दुर्घटना निश्चित रहेको उल्लेख गरे । प्रधानमन्त्री शाहले चितवनमा पार्टीको पहिलो महाधिवेशनका क्रममा वर्तमान सरकार ‘एक्सप्रेस’ वेमा रहेको बताएका थिए । 

उनले भने,‘लोकल गाडीको तुलनामा एक्सप्रेस गाडीले छिटो गन्तव्यमा पुर्‍याउँछ, त्यो सकारात्मक पक्ष हो। तर एक्सप्रेस गतिको गाडी चलाउने चालक कस्तो छ भन्ने कुराले ठूलो अर्थ राख्छ । त्यस्तो अवस्थामा दुर्घटना अवश्यम्भावी छ र त्यसले पुर्‍याउने क्षतिको कुनै पूर्वानुमान गर्न सकिँदैन ।’ सांसद आलेमगरले एक्सप्रेस र लोकल गाडीको छनोट गर्दा चालकको अवस्था र नियमको पालनालाई मुख्य आधार बनाउनुपर्नेमा जोड दिए ।