बैंकिङ सेक्टरका ११ र जलविद्युतका २५ कम्पनीको सेयर मूल्य ३०० तल, कुनको कति?
काठमाडौं । सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २६०० र २७०० बिन्दुको वरीपरी घुमिरहँदा दोस्रो बजारमा सूचीकृत केही कम्पनीको सेयर मूल्य भने करिब साधारण सेयरकै नजिकको स्थितिमा छन् ।
सेयर मूल्य कम हुनेमा वाणिज्य बैंक समेत रहेका छन् । बजार बढ्न नसकेको कारण वाणिज्य बैंकको सेयर मूल्य पनि घटेर प्रतिकित्ता ३०० रुपैयाँ भन्दा कम छ । दीर्घकालीन रुपमा सेयर बजारमा सुरक्षित लगानी गर्नका लागि उपयुक्त मानिने बैंकिङ क्षेत्रकै करिब दर्जन कम्पनीको सेयर मूल्य ३०० रुपैयाँ भन्दा न्यून रहेको हो ।
नेपाल स्टक नेप्सेमा सूचीकृत १९ वाणिज्य बैंकमा ११ वटाको सेयर मूल्य ३०० रुपैयाँ भन्दा तल हुँदा जलविद्युत् क्षेत्रका दुई दर्जन कम्पनीको मुल्य पनि प्रतिकित्ता ३०० रुपैयाँ भन्दा नै कम रहेको छ । खासगरी, पछिल्लो समय बजार थप संकुचित बन्दै जाँदा सूचीकृत कम्पनीको सेयर मूल्य पनि विस्तारै कम हुँदै गइरहेको छ ।
सेयर बजारमा लगानी गर्न चाहनेका लागि यस्तो अवस्थालाई अवसरको रुपमा पनि लिइन्छ । आफूसँग थोरै पुँजी भएका लगानीकर्ताले पनि ३०० भन्दा कम मूल्य भएका कम्पनीको वित्तीय अवस्था, कम्पनीको अवस्था लगायतका विषय केलाएर लगानी गर्दा उपयुक्र हुने देखिन्छ ।
नेप्सेमा सूचीकृत बैंकिङ, जलविद्युत् र लगानी समूहका ३८ कम्पनीको सेयर मूल्य ३०० रुपैयाँभन्दा तल रहेको छ। पछिल्लो कारोबार मूल्यअनुसार वाणिज्य बैंकका ११, जलविद्युत्का २५ र लगानी समूहका २ कम्पनीको सेयर मूल्य ३०० रुपैयाँ नाघ्न सकेको छैन।
वाणिज्य बैंकमध्ये सबैभन्दा बढी मूल्य नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको २९५ रुपैयाँ रहेको छ भने सबैभन्दा कम प्रभु बैंकको १९२ रुपैयाँ छ ।
त्यसपछि हिमालयन बैंकको १९४ रुपैयाँ, सिटिजन्स बैंकको २०२ रुपैयाँ, नेपाल बैंकको २०९ रुपैयाँ, कुमारी बैंकको २१६ रुपैयाँ, लक्ष्मी सनराइज बैंकको २२२ रुपैयाँ, प्राइम कमर्सियल बैंकको २४० रुपैयाँ, एनएमबी बैंकको २४३ रुपैयाँ, ग्लोबल आइएमई बैंकको २५२ रुपैयाँ र माछापुच्छ्रे बैंकको २५३ रुपैयाँमा कारोबार भइरहेको छ।
जलविद्युत् समूहमा मन्दु हाइड्रोपावर र पिपुल्स हाइड्रोपावर कम्पनीको सेयर मूल्य समान २९७ रुपैयाँ रहेको छ। त्यसपछि दोर्दी खोला जलविद्युत कम्पनीको २९३ रुपैयाँ, बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको २९१ रुपैयाँ, माई खोला हाइड्रोपावर कम्पनीको २८५ रुपैयाँ र जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य २८४ रुपैयाँ छ ।
मेन्छियाम हाइड्रोपावरको २८० रुपैयाँ, ङादी ग्रुप पावरको २७७ रुपैयाँ, साञ्जेन जलविद्युत कम्पनीको २७२ रुपैयाँ, चिलिमे हाइड्रोपावरको २७० रुपैयाँ, मन्दाकिनी जलविद्युत कम्पनीको २६७ रुपैयाँ, रसुवागढी हाइड्रोपावर कम्पनीको २६१ रुपैयाँ, अरुण काबेली पावर र राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको समान २५८ रुपैयाँ छ ।
ग्रीनलाइफ हाइड्रोपावरको २५७ रुपैयाँ, दोर्दी खोला जलविद्युत कम्पनी (डोरडी) को २५४ रुपैयाँ, हिमालय ऊर्जा विकास कम्पनी र माउन्टेन हाइड्रो नेपालको समान २३९ रुपैयाँ, ग्रीन भेन्चर्सको २२८ रुपैयाँ, लिबर्टी इनर्जी कम्पनीको २२४ रुपैयाँ र मोदी इनर्जीको २१४ रुपैयाँ छ ।
भगवती हाइड्रोपावर र हिमालयन डिस्टिलरी हाइड्रोपावर कम्पनीको समान २०९ रुपैयाँ, शिवश्री हाइड्रोपावरको २०२ रुपैयाँ तथा अपर तामाकोशी हाइड्रोपावरको १९४ रुपैयाँ रहेको छ ।
त्यसैगरी, लगानी समूहमा हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनीको सेयर मूल्य २५४ रुपैयाँ र नेपाल इन्फ्रास्ट्रक्चर बैंकको २४६ रुपैयाँ कायम छ ।
वाणिज्य बैंक
१. नेपाल बैंक–२०९
२. सिटिजन्स बैंक–२०२
३. ग्लोबल आइएमई बैंक–२५२
४. हिमालयन बैंक–१९४
५. कुमारी बैंक–२१६
६. लक्ष्मी सनराइज बैंक–२२२
७. माछापुच्छ्रे बैंक–२५३
८. नेपाल इन्भेस्टमेन्ट मेगा बैंक–२९५
९. एनएमबी बैंक–२४३
१०. प्राइम कमर्सियल बैंक–२४०
११. प्रभु बैंक–१९२
जलविद्युत् कम्पनी
१. मन्दाकिनी जलविद्युत कम्पनी – २६७
२. बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी – २९१
३. दोर्दी खोला जलविद्युत कम्पनी – २९३
४. दोर्दी खोला जलविद्युत कम्पनी – २५४
५. अरुण काबेली पावर – २५८
६. भगवती हाइड्रोपावर – २१०
७. चिलिमे हाइड्रोपावर – २७०
८. ग्रीन भेन्चर्स – २२८
९. ग्रीनलाइफ हाइड्रोपावर – २५७
१०. हिमालयन डिस्टिलरी हाइड्रोपावर कम्पनी – २०९
११. हिमालय ऊर्जा विकास कम्पनी – २३९
१२. जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी – २८४
१३. लिबर्टी इनर्जी कम्पनी – २२४
१४. मेन्छियाम हाइड्रोपावर – २८०
१५. मन्दु हाइड्रोपावर – २९७
१६. मोदी इनर्जी – २१४
१७. माउन्टेन हाइड्रो नेपाल – २३९
१८. माई खोला हाइड्रोपावर कम्पनी – २८५
१९. ङादी ग्रुप पावर – २७७
२०. पिपुल्स हाइड्रोपावर कम्पनी – २९७
२१. रसुवागढी हाइड्रोपावर कम्पनी – २६१
२२. राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन – २५८
२३. साञ्जेन जलविद्युत कम्पनी – २७२
२४. शिवश्री हाइड्रोपावर – २०२
२५. अपर तामाकोशी हाइड्रोपावर – १९४
लगानी समूह
१. हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट—२५४
२. नेपाल इन्फ्रास्ट्रक्चर बैंक—२४६
