सांसद देवकोटाको प्रश्नः सरकारले गगन थापाको प्रसंशा हुने डरले स्वास्थ्य बीमा कार्यक्रम खारेज गर्न खोजेको हो?
स्वास्थ्य बीमा कार्डको आधारमा उपचार गर्न गएका बिरामीले उपचार नपाएको तथा अस्पतालले समेत भुक्तानी मागिरहेको भन्दै सरकारको ध्यानाकर्षण ।
काठमाडौं । नेपाली काँग्रेसकी सांसद गीता देवकोटाले स्वास्थ्य बीमा कार्यक्रम तत्काल अघि बढाउन सरकारसँग माग गरेकी छन् । राष्ट्रिय सभाको बिहीबारको बैठकमा बोल्दै सांसद देवकोटाले यस्तो माग गरेकी हुन् ।
उनले तत्कालीन स्वास्थ्यमन्त्री गगनकुमार थापाको पहलमा सुरु भएको स्वास्थ्य बीमा कार्यक्रमलाई अगाडि बढाउँदा पहलकर्ताको प्रशंसा हुने डरले कार्यक्रम नै खारेज गर्न खोजिएको त होइन? भन्दै प्रश्न गरिन् ।
उनले स्वास्थ्य बीमा कार्डको आधारमा उपचार गर्न गएका बिरामीले उपचार नपाएको तथा अस्पतालले समेत भुक्तानी मागिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराइन् ।
सांसद देवकोटाले नागरिकको जीवनसँग जोडिएका विषयमा लाचार नभई लोक कल्याणकारी बनेर देखाउन समेत आग्रह गरिन् । उनले स्वास्थ्य बीमा कार्यक्रमलाई तत्काल कार्यान्वयन गर्न सरकारलाई रुलिङ सभाका अध्यक्षको ध्यानाकर्षण गराइन् ।
