कामना सेवा विकास बैंकले माग्यो विभिन्न प्रदेशका लागि कर्मचारी
बैंकले शाखा प्रबन्धक तथा रिलेसनसिप म्यानेजर पदका लागि आवेदन खुलाएको हो।
काठमाडौं । कामना सेवा विकास बैंकले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न शाखाका लागि कर्मचारी माग गरेको छ ।
बैंकले शाखा प्रबन्धक तथा रिलेसनसिप म्यानेजर पदका लागि आवेदन खुलाएको हो। शाखा प्रबन्धकका लागि जुनियर अफिसर, अफिसर र सिनियर अफिसर तहमा तथा रिलेसनसिप म्यानेजरका लागि सुपरभाइजर वा जुनियर अफिसर तहमा कर्मचारी आवश्यक रहेको बैंकले जनाएको छ ।
आवेदकले व्यवस्थापन वा सम्बन्धित विषयमा स्नातक उत्तीर्ण गरेको हुनुपर्नेछ। शाखा प्रबन्धकका लागि बैंकिङ क्षेत्रमा कम्तीमा ४ वर्षको अनुभव वा शाखा प्रबन्धकको रूपमा २ वर्षको अनुभव आवश्यक छ । रिलेसनसिप म्यानेजरका लागि बैंक तथा वित्तीय संस्थामा कम्तीमा ३ वर्षको सम्बन्धित अनुभव हुनुपर्नेछ ।
सुपरभाइजर तहका लागि उमेर हद ३५ वर्ष र अफिसर तहका लागि ४० वर्ष तोकिएको छ । इच्छुक नेपाली नागरिकले असार १६ गतेभित्र बैंकको वेबसाइटमार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।