युनाइटेड अजोड इन्स्योरेन्सले सेयरधनीलाई ४.५० प्रतिशत लाभांश दिने

इन्स्योरेन्सको सञ्चालक समितिको बिहीबार बसेको बैठकले सेयरधनीलाई चुक्ता पुँजीको ४.२८ प्रतिशत बोनस सेयर र त्यसको कर प्रयोजनार्थ ०.२२ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सले सेयरधनीलाई ४.५० प्रतिशत लाभांश दिने भएको हो । इन्स्योरेन्सको सेयरधनीलाई चुक्ता पुँजीको ४.२८ प्रतिशत बोनस सेयर र त्यसको कर प्रयोजनार्थ ०.२२ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । असार ४ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो । इन्स्योरेन्सको चुक्ता पूँजी दुई अर्ब ३१ करोड रुपैयाँ रहेको छ ।