सानिगाड हाइड्रोको आईपीओ बाँडफाँड, ४ लाख ६७ हजारले हात पारे सेयर

सो निष्काशनमा कुल २७ लाख ५९ हजार ४९० जनाले ३ करोड १ लाख ३२ हजार ५०० कित्ता सेयर खरिदका लागि आवेदन दिएका थिए ।

काठमाडौँ ।  सानिगाढ हाइड्रो लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको कार्यालयमा आज कम्पनीको आईपीओ बाँडफाँट भएको हो ।

कम्पनीले गत जेठ १८ गतेदेखि २१ गतेसम्म सर्वसाधारण लगानीकर्ताहरुका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ४६ लाख ७४ हजार कित्ता सेयर निष्काशन गरेको थियो । सो निष्काशनमा कुल २७ लाख ५९ हजार ४९० जनाले ३ करोड १ लाख ३२ हजार ५०० कित्ता सेयर खरिदका लागि आवेदन दिएका थिए । जसमध्ये २७ लाख २७ हजार ५१५ आवेदन स्वीकृत भएको छ भने बाँकी आवेदन रद्द भएका छन् ।

मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको छ । जसअनुसार ४ लाख ६७ हजार ४०० जनाले १० कित्ताका दरले कम्पनीको सेयर प्राप्त गरेका छन् ।