विद्युत खपत बढाउन उत्पादनमूलक उद्योगको आवश्यकता छ: सीएनआई अध्यक्ष पाण्डे

नेपाल उद्योग परिसंघका अध्यक्ष बिरेन्द्रराज पाण्डेले खपत बढाउनको लागि उत्पादन मुलक उद्योगको आवश्यक रहेको बताएका छन् ।

काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष बिरेन्द्रराज पाण्डेले खपत बढाउनको लागि उत्पादन मुलक उद्योगको आवश्यक रहेको बताएका छन् ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) को २४ औं साधारण सभा तथा ८ औं अधिवेशनमा स्वागत मन्तव्य दिँदै उनले यस्तो बताएका हुन् ।

‘आगामी १० वर्षमा ३० हजार मेगावाट उत्पादनको लक्ष्य लिएको छ । खपत बढाउन उत्पादन मुलक उद्योगको आवश्यकता छ,’ उनले भने ।

विद्युत व्यापार र प्रसारण लाइन निर्माणमा निजी क्षेत्रलाई खुला गर्ने विषय स्वागत योग्य रहेको पनि पाण्डेले बताए। 

यस्तै बजेटमा आएको नेपाल विद्युत प्राधिकरणको पुनर्संरचना गर्न ढिला गर्नु नहुने बताए ।