सुधन गुरुङमाथि छानबिनको प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाइयो

४५ पृष्ठ लामो प्रतिवेदन प्रधानमन्त्री शाहलाई आज बुझाइएको हो ।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा तत्कालीन गृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ । छानबिन समितिले छानबिन सकेर प्रतिवेदन प्रधानमन्त्री बालेनलाई बुझाएको हो । ४५ पृष्ठ लामो प्रतिवेदन प्रधानमन्त्री शाहलाई आज बुझाइएको हो । 

मन्त्रिपरिषद बैठकले गुरुङमाथि छानबिन गर्न पूर्वन्यायाधीश अच्युतमप्रसाद भण्डारीको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो ।

समितिमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युतमणि नेउपाने सदस्य थिए । सुरुमा १५ दिनको म्याद पाएको समितिले फेरि ५ दिनको म्याच थपेर छानबिन पूरा गरेको हो । सो समितिले गुरुङमाथि लागेको आरोपका विषयमा अध्ययन गरेर सम्पत्ति विवरण समेत केलाएर अध्ययन प्रतिवेदन तयार पारेको हो ।

गुरुङ र व्यवसायी दीपक भट्टबिच व्यवसायीका साझेदारी देखिएको भेटिएको थियो । त्यसबाहेक गुरुङमाथि सम्पत्ति विवरण सार्वजनिक गर्दा सेयर लुकाएको आरोप लागेको थियो । आरोपपछि गुरुङले वैशाख ९ गते राजीनामा दिएका थिए ।