सेयर बजार सूचक २.६६ अंकले बढ्यो, निर्जीवन बीमा उपसमूहमा चमक
यस दिन निर्जीवन बीमा उपसमूह सबैभन्दा बढी ३.३७ प्रतिशतले बढ्दै बजारलाई टेवा दिएको छ । जीवन बीमा उपसमूह पनि १.५ प्रतिशतभन्दा बढीले बढेको छ।
काठमाडौँ । बुधबार नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात मंगलबार बढेर बन्द भएको नेपाल स्टक एक्सचेञ्ज नेप्से ले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो । आज नेप्से परिसूचक २.६६ अंक बढेर २७८०.२५ विन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.९३ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.४१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६१ अंक बढेको छ ।
उपसमूहगत रूपमा हेर्दा १३ मध्ये ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूह घटेका छन् । यस दिन निर्जीवन बीमा उपसमूह सबैभन्दा बढी ३.३७ प्रतिशतले बढ्दै बजारलाई टेवा दिएको छ । जीवन बीमा उपसमूह पनि १.५ प्रतिशतभन्दा बढीले बढेको छ। तर अन्य उपसमूहको परिसूचकमा मिश्रित प्रदर्शन देखिएको छ, जसमा अन्य उपसमूह सर्वाधिक २.३६ प्रतिशतले घटेको छ।
नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ । आज ५ अर्ब ७३ करोड ८१ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ । मंगलबार भने ५ अर्ब २६ करोड रुपैयाँको सेयर खरिदबक्री भएको थियो । आज पनि कालिञ्चोक हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यस्तै, ८.५ प्रतिशत एसबिएल डिबेञ्चर २०८४ करिब १५ प्रतिशतले बढेको छ भने विजय लघुवित्त वित्तीय संस्था को सेयर साढे ८ प्रतिशतभन्दा बढीले उकालो लागेको छ।
कारोबारमा आएको नेपाल पुनर्बीमा कम्पनीको सेयरमूल्य यस दिन ५.१८ प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा आज पनि आँखु खोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ४४ करोड २३ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ । त्यस्तै, नेपाल पुनर्बीमा कम्पनीको करिब २२ करोड रुपैयाँको सेयर किनबेच भएको छ । १४९ कम्पनीको मूल्य बढ्दा ११६ को घट्यो भने ६ को स्थिर रह्यो ।