एनआईसी एशिया बैंकको २८औँ वार्षिक साधारणसभा सम्पन्न
सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम बैंकको हाल कायम साधारण सेयरको चुक्ता पुँजीको २:१ अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्तावलाई सभाले स्वीकृति प्रदान गरेको छ ।
काठमाडौँ । एनआईसी एसिया बैंक लिमिटेडको २८ औँ वार्षिक साधारण सभा सोमबार काठमाडौँको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको छ ।
सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८२ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक विवरणहरू स्वीकृत गरेको छ ।
सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम बैंकको हाल कायम साधारण सेयरको चुक्ता पुँजीको २:१ अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्तावलाई सभाले स्वीकृति प्रदान गरेको छ । सभाले संस्थापक सेयरधनीका तर्फबाट अशोक कुमार अग्रवाल, रामचन्द्र संघई, जयन्त कुमार अग्रवाल तथा सर्वसाधारण सेयरधनीका तर्फबाट आदित्य कुमार अग्रवाल, केशव प्रसाद लम्साल र अनुपा प्रधान राजभण्डारीलाई नयाँ सञ्चालक समितिमा निर्विरोध निर्वाचित गरेको छ ।