प्रधानमन्त्री शाहले सीमासम्बन्धी विषयमा दिएको अभिव्यक्तिको राष्ट्रिय सभामा चर्को विरोध

सभाको सोमवारको बैठकको आकस्मिक समयमा बोल्दै सांसदहरुले प्रधानमन्त्री शाहले नेपालले पनि भारतको सीमा मिचेको भन्दै दिएको अभिव्यक्ति मुलुकको सार्वभौमिकता विपरित रहेको भन्दै आपत्ति जनाएका हुन् ।

काठमाडौं । राष्ट्रिय सभाका सांसदहरुले प्रधानमन्त्री बालेन्द्र शाहले आईतवार प्रतिनिधि सभाको बैठक दिएको सीमासम्बन्धी अभिव्यक्तिको चर्को चर्को आलोचना गर्दै आपत्ति जनाएका छन् । 

सभाको सोमवारको बैठकको आकस्मिक समयमा बोल्दै सांसदहरुले प्रधानमन्त्री शाहले नेपालले पनि भारतको सीमा मिचेको भन्दै दिएको अभिव्यक्ति मुलुकको सार्वभौमिकता विपरित रहेको भन्दै आपत्ति जनाएका हुन् । बैठकमा बोल्दै नेपाली काँग्रेसका सांसद रञ्जित कर्णले प्रधानमन्त्रीले नेपालले भारतको भूमि अतिक्रमण प्रमाण २४ घण्टाभित्र सार्वजनिक गनर्नुपर्ने माग गरे । उनले नेपालले भारतको कुन-कुन क्षेत्रमा नेपाली पक्षबाट भूमि अतिक्रमण भएको हो रु भन्ने तथ्य सार्वजनिक गर्नुपर्ने बताए । उनले प्रधानमन्त्रीले आफ्नो भनाइ पुष्टि गर्न नसके सार्वजनिक रूपमा माफी माग्नुपर्ने समेत बताए । उनले प्रधानमन्त्रीको अभिव्यक्तिको छानविनि गर्न समिति गठन गर्न समेत माग गरे ।

नेकपाकी सांसद राजेन्द्रलक्ष्मी गैरेले प्रधानमन्त्री शाहले संसदको रोष्ट्रमबाट भारतको वकालत गरेको भन्दै आपत्ति जनाइन् । उनले प्रधानमन्त्री शाहदे कुन आधारमा नेपालले समेत भारतको सीमा अतिक्रमण गरेको अविव्यक्ति दिएको ? भन्दै प्रश्न गरे । उनले प्रधानमन्त्री शाहको सीमासम्बन्धी अभिव्यक्ति देशद्रोही भएको आरोप समेत लगाए ।

नेकपा (एमाले)की सांसद रामकुमारी झाँक्रीले प्रधानमन्त्री शाहले सीमासम्बन्धी प्रतिनिधि सभामा दिएको अभिव्यक्तिले स्वाभिमानी नेपाली नागरिकको शीर निहुरिएको टिप्पणी गरिन् । उनले नेपाल सार्वभौमसत्ता मुलुक भएको उल्लेख गर्दै मुलुकको हितविरोधी अभिव्यक्ति स्वीकार्य नहुने अभिव्यक्ति दिइन् । उनले भारतले नेपालका करिब ६२ स्थानमा भूमि अतिक्रमण गरी सुरक्षा तैनाथ गरेको समेत बताइन् । उनले रास्वपा सभापतिको भारत भ्रमणको पूर्वसन्ध्यामा प्रधानमन्त्री शाहले दिएको अभिव्यक्ति असावधानीले बोलिएको नभई यसको पछाडि गम्भीर कारण रहेको समेत टिप्पणी गरिन् ।

प्रतिनिधि सभाको आईतवारको बैठकमा सांसदहरुले सोधेका प्रश्नहरुको जवाफ दिनेक्रममा प्रधानमन्त्री शाहले नेपालले पनि भारतको भूमि अतिक्रमण गरेको पाइएको अभव्यिक्ति दिएका थिए । उनले प्रधानमन्त्री भएपछि सीमासम्बन्धी विषयमा नयाँ तथ्यहरू फेला परेको उल्लेख गर्दै दुवै पक्षबाट सीमा अतिक्रमण भएको पाइएको जानकारी दिए। प्रधानमन्त्री शाहको यही अभिव्यक्तिलाई लिएर विपक्षी दलहरुले संसद चल्न नदिने बताइरहेका छन् । प्रधानमन्त्री शाहले नागरिकसमक्ष माफी माग्दै आफ्नो अभिव्यक्ति सच्याउनुपर्ने उनीहरुको माग छ ।