सेयर कारोबारमा पुँजीगत लाभकर नै अन्तिम हुने व्यवस्था
लामो समयदेखी लगानीकर्ताहरुले माग राख्दै आएको पुँजीगत लाभकर अन्तिम गर्नुपर्ने व्यवस्थालाई सरकारले पुरा गरेको हो ।
काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले सेयर कारोबारमा लाग्ने पुँजीगत लाभकरलाई नै अन्तिम हुने घोषणा गरेका छन् । लामो समयदेखी लगानीकर्ताहरुले माग राख्दै आएको पुँजीगत लाभकर अन्तिम गर्नुपर्ने व्यवस्थालाई सरकारले पुरा गरेको हो ।
mशुक्रबार आगामी आर्थिक वर्ष २०८३र८४ को बजेट वत्तव्यमार्फत अर्थमन्त्री वाग्लेले पूँजीगत लाभकर अन्तिम हुने व्यवस्था गरेका हुन् । यसले सेयर बजारमा सकारात्मक प्रभाव पर्ने अनुमान गरिएको छ