बजेट अघिको अन्तिम कारोबारमा नेप्से ५ अंकले बढ्यो, ६ अर्ब ३ करोडको कारोबार
बुधबार नेप्से परिसूचक ४.९९ अंक बढेर २७८२.१० विन्दुमा पुगेको छ । आज ६ अर्ब ३ करोड ६४ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ ।
काठमाडौँ । आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक हुनु अघिको अन्तिम कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ । बुधबार नेप्से परिसूचक ४.९९ अंक बढेर २७८२.१० विन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.२१ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.४३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४३ अंक बढेको छ । नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ । आज ६ अर्ब ३ करोड ६४ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ । मंगलबार ४ अर्ब ८५ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो ।
यस दिन कालिञ्चोक हाइड्रोपावरको सेयरमूल्य सकारात्मक लेबलमा कारोबार भएको छ । त्यस्तै, बुंगल हाइड्रोको सेयरमूल्य करिब साढे १३ प्रतिशतभन्दा बढी बढेको छ भने क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयरमूल्य साढे ८ प्रतिशत बढेको छ । कारोबारमा आएको १०.२५ प्रतिशत सानिमा डिबेञ्चर २०८९ को मूल्य सर्वाधिक ६.६४ प्रतिशत घटेको छ । कारोबार रकमका आधारमा आज पनि आँखु खोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ७१ करोड २२ लाख ३३ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ । त्यस्तै, रिडी पावर कम्पनीको ४३ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ । । आज १५१ कम्पनीको मूल्य बढ्यो भने १०५ को घट्यो । १४ कम्पनीको मूल्य स्थिर रह्यो ।