नीति तथा कार्यक्रमलाई पत्याएनन् लगानिकर्ताले, ३९ अंकले घट्यो सेयर बजार
पछिल्लो ३ कारोबार दिन सुधार समेत देखिएको थियो तर मङ्गलबार प्रि ओपन सेसन र सुरुवाती कारोबारमा बढ्ने संकेत गरेको बजार क्रमश घटन थल्यो र अन्तिममा ३९.४४ अंकले घटेर २७४४.४० मा झर्यो ।
काठमाडौं । सरकारले सोमबार ल्याएको नीति तथा कार्यक्रमप्रति अरुचि देखाएका छन् । सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले सेयर बजार सुधार गर्ने नियमक नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई पुनर्संरचना गर्ने सेयर बजारमा गैरआवासिय नेपालीको लगानी भित्राउने कार्यक्रम घोषणा गरेका थिए । सोमबार नीति तथा कार्यक्रम आए सँगै पछिल्लो ३ कारोबार दिन सुधार समेत देखिएको थियो तर मङ्गलबार प्रि ओपन सेसन र सुरुवाती कारोबारमा बढ्ने संकेत गरेको बजार क्रमश घटन थल्यो र अन्तिममा ३९.४४ अंकले घटेर २७४४.४० मा झर्यो । सोमबार ३८.१९ अंक मा रोकिएको नेप्से मङ्गलबार सुरुवाती चरणमा २८०० विन्दुसम्म पुगेको थियो । मङ्गलबार नै अर्थमन्त्रि डा. स्वर्णिम वाग्लेले अर्थ समितिको बैठकमा सेयरमा बजारमा देखिएको समस्या समाधान गर्ने बताएका थिए तर बजार सुचक भने निरन्तर ओरालो लागिरह्यो वाग्लको कुरालाई लगानीकर्ताले पत्याएनन् ।
नेप्से घटेपनि आज कारोबार रकम भने सामान्य बढेको छ । आज ४ अर्ब ६६ करोड ५० लाख २० हजार रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको छ । मङ्गलबार धौलागिरी लघुवित्त वित्तीय संस्थाको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । अन्य बढेका स्टकहरुको मूल्य वृद्धिदर भने ६ प्रतिशतभन्दा कम रहेको छ । कारोबार रकमका आधारमा नेशनल हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको १८ करोड ९९ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ । त्यस्तै, रिलायन्स स्पिनिङ्ग मिल्सको १८ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ । आज १३ कम्पनीको मूल्य बढेको छ भने २५१ को घटेको छ । त्यस्तै ५ कम्पनीको मूल्य भने स्थिर रहेको छ ।