नेप्से, धितोपत्र लगायतको पुनर्संरचना गरिने
साथै संस्थागत लगानीकर्ता, पेन्सन कोष, बिमा, म्युअल फन्ड र गैरआवासीय नेपालीको सहभागिता विस्तार गरिने भएको छ ।
काठमाडौं । धितोपत्र निकाय, नेप्से तथा सीडीएससी प्रणालीको पुनर्संरचना हुने भएको छ । सोमबार संघीय संसदको दुबै सदनमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकारले यस्तो काम गर्ने बताएका हुन् । साथै संस्थागत लगानीकर्ता, पेन्सन कोष, बिमा, म्युअल फन्ड र गैरआवासीय नेपालीको सहभागिता विस्तार गरिने भएको छ । त्यस्तै पूँजी बजारलाई सुरक्षित, प्रतिस्पर्धी र अन्तर्राष्ट्रिय मापदन्डअनुसार विकास गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । धितोपत्र नियमन, नेप्से तथा क्लियरिङ प्रणालीको पुनर्संरचना गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । ऋणबजार, बन्ड बजार र पूर्वाधार बन्डको विकास गरी दीर्घकालीन पूँजी निर्माण गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।