सोपान फर्मास्युटिकल्सको आइपीओ बाँडफाँट, ३ लाख ४७ हजार आवेदकलाई १० कित्ताका दरले सेयर
बिक्री प्रबन्धकका अनुसार कम्पनीको आइपीओ ३ लाख ४७ हजार ४९० जना आवेदकले १०/१० कित्ता दरले हात पारेका छन् ।
काठमाडौं । सोपान फर्मास्युटिकल्सको आइपीओ बाँडफाँट भएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलको कार्यालयमा सो आईपीओ बाँडफाँट भएको हो ।
बिक्री प्रबन्धकका अनुसार कम्पनीको आइपीओ ३ लाख ४७ हजार ४९० जना आवेदकले १०/१० कित्ता दरले हात पारेका छन् ।
कम्पनीको आइपीओमा २७ लाख ३० हजार ९८७ जनाले २ करोड ९९ लाख ६ हजार ५२० कित्ता सेयरका लागि आवेदन दिएका थिए । मागभन्दा बढी आवेदन परेका कारण गोला प्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको हो । कम्पनीले गत बैशाख ३ गतेदेखि ८ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ३४ करोड ७४ लाख ९० हजार रुपैयाँबराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका ३४ लाख ७४ हजार ९०० कित्ता साधारण सेयर सर्वसाधारण शेयरधनीहरुका लागि निष्काशन गरेको थियो । लगानीकर्ताले मेरो सेयर र सीडीएससीको वेबसाइटबाट आइपीओको नतिजा हेर्न सक्नेछन् ।