आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका लागि धितोपत्र बोर्डले माग्यो सुझाव

बजार विकास, विस्तार तथा सुधार सम्बन्धी कार्यान्वयनयोग्य एवं रचनात्मक सुझाव जेठ १५ गतेभित्र बोर्डको इमेल ठेगाना research@sebon.gov.np मा उपलब्ध गराउन आग्रह गरेको छ ।

काठमाडौं ।  नेपाल धितोपत्र बोर्डले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रमका लागि सुझाव मागेको छ । बोर्डको नीति, अनुसन्धान तथा प्रशिक्षण विभागले बुधवार एक सूचना जारी गर्दै बजारको व्यवस्थित र प्रभावकारी विकास तथा विस्तारका लागि रचनात्मक र कार्यान्वयनयोग्य सुझाव पठाउन अनुरोध गरेको हो । बोर्डले हरेक वर्ष पूँजी बजार (धितोपत्र बजार) र वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रम तर्जुमा गरी सार्वजनिक गर्दै आएको छ । सोही अभ्यासलाई निरन्तरता दिँदै आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नीति तथा कार्यक्रमको तयारी अगाडि बढाएको बोर्डले जनाएको छ ।

बजार विकास, विस्तार तथा सुधार सम्बन्धी कार्यान्वयनयोग्य एवं रचनात्मक सुझाव जेठ १५ गतेभित्र बोर्डको इमेल ठेगाना research@sebon.gov.np मा उपलब्ध गराउन आग्रह गरेको छ । पछिल्ला केही वर्ष बोडले नीति तथा कार्यक्रम ल्याएपनि कार्यान्वयन भने निकै फितलो हुने गरेको छ ।