नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष आशिष श्रेष्ठ पक्राउ

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनलाई काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका-५ बाट नियन्त्रणमा लिएको हो ।

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष आशिष श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनलाई काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका-५ बाट नियन्त्रणमा लिएको हो ।

नेपाल बीमा प्राधिकरण, कुपण्डोल ललितपुरबाट २०८३ वैशाख ८ गते प्राप्त आकस्मिक स्थलगत निरीक्षण प्रतिवेदनका आधारमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । उक्त प्रतिवेदनमा नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको संलग्नतामा बीमा ऐन, २०७९ को दफा १४०(१)(छ)  बमोजिम कसूर भएको उल्लेख गरिएको छ । त्यसका आधारमा सीआईबीले काठमाडौं जिल्ला अदालत, बबरमहलबाट वैशाख १४ गते पक्राउ अनुमति लिएको थियो । प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ ।