सन्तोषनारायण श्रेष्ठले भने-सरकारको आर्थिक प्राथमिकता र नीतिगत उद्देश्यलाई सहयोग गर्न मार्गप्रशस्त गरे
काठमाडौं । सरकारलाई सहयोग गर्न भन्दै नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले पदबाट राजीनामा दिएका छन् ।
शुक्रबार उनले अर्थ मन्त्रालयमा राजीनामा पत्र बुझाएका हुन् । राजीनामा पत्र बोकेर मन्त्रालय आएका श्रेष्ठले आफूले स्वेच्छाले राजीनामा दिएको बताए ।
सरकारलाई सहयोग गर्न आफूले राजीखुसीले मार्ग प्रशस्त गरेको श्रेष्ठको भनाई छ । नयाँ सरकारलाई आफ्नो आर्थिक प्राथमिकता र नीतिगत उद्देश्यहरूलाई पूर्ण लचिलोपन र पङ्क्तिबद्धताका साथ अगाडि बढाउन स्पष्ट र अनुकूल मार्ग सहज बनाउन जिम्मेवारीको भावनाका साथ यो निर्णय लिइएको उनले बताएका छन् ।
व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालमाथि सम्पत्ति शुद्वीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ । विभिन्न सार्वजनिक कम्पनीकोरकम दुरुपयोग गरेको अभियोगमा अनुसन्धा भइरहेको छ । अनुन्धानको शिलशिलामा बोर्ड अध्यक्षमाथि पनि अनुसन्धान हुने सम्भावना देखिएपछिउनले राजीनामा दिएर मार्गप्रसस्त गरेका हुन् ।
खासगरी, रास्वपाले अघिल्लो सरकारका पालामा नियुक्ति लिएकाहरुले राजीनामा दिएर मार्गप्रसस्त गर्न आग्रह गरेको थियो । श्रेष्ठलाई तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले २०८१ मंसिरमा बोर्ड अध्यक्षमा नियुक्ति गरेको थियो ।