प्रभु बैंकले ५ करोड इकाई अग्राधिकार सेयर जारी गर्ने

बैंकले प्रति इकाई १०० रुपैयाँ दरले कुल ५ करोड इकाई अग्राधिकार सेयर जारी गर्ने जनाएको छ । यसबाट बैंकले ५ अर्ब रुपैयाँ बराबरको पूँजी संकलन गर्नेछ ।

काठमाडौं । प्रभु बैंकले अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्ने भएको छ । बैंकको चैत २७ गते बसेको सञ्चालक समिति बैठकले ८.५० प्रतिशत प्रतिफलदरमा अग्राधिकार सेयर निष्कासन गर्ने प्रस्ताव अनुमोदन गरेको हो ।

बैंकले प्रति इकाई १०० रुपैयाँ दरले कुल ५ करोड इकाई अग्राधिकार सेयर जारी गर्ने जनाएको छ । यसबाट बैंकले ५ अर्ब रुपैयाँ बराबरको पूँजी संकलन गर्नेछ ।

उक्त सेयर अविमोच्य प्रकृतिको हुने भएकाले निश्चित अवधि पछि फिर्ता गर्ने प्रावधान रहने छैन भने असञ्चिति भएकाले कुनै वर्ष लाभांश वितरण नभएमा सो रकम आगामी वर्षमा जोडिने छैन ।

बैंकले पूँजी आधार सुदृढ गर्न र नियामकीय आवश्यकता पूरा गर्न यस्तो उपकरणमार्फत स्रोत जुटाउन लागेको जनाएको छ ।