कानुनअनुरुप परिणाममुखी कार्यान्वयनको सुनिश्चितता सरकारले दिनेछ भन्नेमा विश्वस्त छु : राष्ट्रपति पौडेल
संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने क्रममा उनले निर्माण भएका कानुनको मर्म र भावना अनुरुप प्रभावकारी र परिणामुखी कार्यान्वयनको सुनिश्चितता सरकारले दिनेछ भन्नेमा आफू विश्वस्त रहेको बताएका हुन् ।
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जनताको भावना अनुसार नयाँ बनेको सरकारले जनकल्याणकारी कानुन निर्माण र त्यसको परिणाममुखी कार्यान्वयनको काम गर्नेमा आफू विश्वस्त रहेको बताएका छन् । संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने क्रममा उनले निर्माण भएका कानुनको मर्म र भावना अनुरुप प्रभावकारी र परिणामुखी कार्यान्वयनको सुनिश्चितता सरकारले दिनेछ भन्नेमा आफू विश्वस्त रहेको बताएका हुन् ।
त्यस्तै, न्यायपालिकाबाट छिटो, छरितो, स्वतन्त्र र निष्पक्ष न्याय सम्पादन हुँदा मात्रै शहीदहरूप्रति साँचो अर्थमा सम्मान हुने बताए ।
उनले उत्तरदायी र पारदर्शी शासन प्रणाली, प्रभावकारी सेवा प्रवाह, सवै क्षेत्र र तहमा भ्रष्टाचारको अन्त्य र सुशासन स्थापना, विधिको शासन, मुलुकभिक्रै रोजगारीका अवसर, दण्डहिनताको अन्त्य, सामाजिक न्याय, तिब्र आर्थिक सामाजिक विकास, शान्ति र स्थायित्वको आकांक्ष व्यत गरे । पटक, पटक भएका जनआन्दोलन, संघर्ष र पछिल्लो पटक युवा पुस्ताको आन्दोलनमार्फत नेपाली जनताले प्रकट गरेको मर्म, भावना र चाहना पनि यही भएको उनको भनाई छ ।