नेप्सेमा झिनो अंकको सुधार, कारोबार ८ अर्ब ८१ करोडमा सीमित

बिहीबार नेप्से परिसूचक ५.८२ अंक बढेर २७८२.१८ विन्दुमा पुगेको छ । आज ३२८ स्टकको १ लाख ३ हजार २२५ पटकको कारोबारमा ८ अर्ब ८१ करोड ९७ लाख २३ हजार रुपैयाँबराबरको २ करोड १३ लाख १८ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।

काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ । बिहीबार नेप्से परिसूचक ५.८२ अंक बढेर २७८२.१८ विन्दुमा पुगेको छ । नेप्से सामान्य अंक बढेपनि कारोबार रकम भने घटेको छ । बुधबार १२ अर्ब १० करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको बजारमा आज ३२८ स्टकको १ लाख ३ हजार २२५ पटकको कारोबारमा ८ अर्ब ८१ करोड ९७ लाख २३ हजार रुपैयाँबराबरको २ करोड १३ लाख १८ हजार कित्ता सेयर खरिदबिक्री भएको छ । 

आज पनि ६ स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । रिलायन्स स्पिनिङ्ग मिल्स, रिज लाइन इनर्जी, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक, भुजुङ्ग हाइड्रोपावर, सुपर खुदी हाइड्रोपावर र होटल फरेष्ट इनको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । कारोबारमा आएको भुगोल इनर्जी डेभलपमेन्ट कम्पनीको सेयरमूल्य आज सबैभन्दा बढी ३.०६ प्रतिशत घटेको छ । कारोबार रकमका आधारमा आज एसवाई प्यानल नेपाल शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन ३५ करोड ७० लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ । त्यस्तै, ङादी ग्रुप पावरको करिब ३१ करोड रुपैयाँको सेयर कारोबार भएको छ । ९८ कम्पनीको मूल्य बढ्यो, १५८ को घट्यो भने १२ को स्थिर रह्यो ।