नेप्से २३.८३ अंकले बढेर २९६० बिन्दुमा, १४ अर्ब ८३ करोडको कारोबार

नेप्से परिसूचक २३.८३ अंकले बढेर २९६०.४० विन्दुमा बन्द भएको छ । आज ३४१ कम्पनीका ३ करोड ५८ लाख २२ हजार १९१ कित्ता सेयर १ लाख २६ हजार ९४७ पटक किनबेच हुँदा १४ अर्ब ८३ करोड ९१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

काठमाडौं । मंगलबार सेयर बजार मापक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले बढेर बन्द भएको छ । नेप्से परिसूचक २३.८३ अंकले बढेर २९६०.४० विन्दुमा बन्द भएको छ । आज ३४१ कम्पनीका ३ करोड ५८ लाख २२ हजार १९१ कित्ता सेयर १ लाख २६ हजार ९४७ पटक किनबेच हुँदा १४ अर्ब ८३ करोड ९१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम भने घटेको छ । हिजो भने १५ अर्ब ७८ करोडको कारोबार भएको थियो । आज सालपा विकास बैंक, रिलायन्स स्पिनिङ मिल्स र सोलु हाइड्रोपावरका लगानीकर्ताले सकारात्मक सर्किटको लाभ उठाएका छन् । साथै हिमालयन पावर पार्टनर, भुजुङ हाइड्रोपावर, होटल फरेस्ट इन, विशाल बजार कम्पनी र सिन्धु विकास बैंकको सेयर मूल्य पनि करिब १० प्रतिशतसम्म बढेको छ । त्यस्तै फस्र्ट माइक्रोफाइनान्सको मूल्य सबैभन्दा धेरै ६.५६ प्रतिशत घट्यो ।

कारोबार रकमका आधारमा राधी विद्युत कम्पनी शीर्ष स्थानमा रह्यो । सो कम्पनीको ६७ करोड मूल्य बराबरको सेयर कारोबार भयो भने अपी पावरले ५७ करोडको सेयर कारोबार गरे ।  कारोबारमा आएकामध्ये १३६ वटा स्टक्सको मूल्य बढ्दा ११७ वटाको घट्यो भने ११ वटा स्टक्सको मूल्य स्थिर रह्यो ।