चुनावपछि पहिलो दिनको सेयर बजार: २० मिनेटका लागि हल्ट, नेप्से १०८ अंकले बढ्यो

सअघि प्रि ओपन सेसनमा नेप्से ४४.६३ अंकले बढेको थियो । त्यसअघि चुनावको सार्वजनिक विदा अघिको ६ कारोबार दिन लगातार नेप्से बढेको थियो । ६ दिनमा ९७.९२ अङ्कले बढेर नेप्से २७१२.४९ विन्दुमा रोकिएको थियो ।


काठमाडौं । सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) १०८.६ अंक अर्थात् ४ प्रतिशतले बढेर बन्द भएको छ । अब २० मिनेटपछि बजार खुल्ने छ । प्रतिनिधिसभा निर्वाचनपछिको पहिलो दिनको नियमित कारोबार खुलेको १ मिनेटमा नै ४ प्रतिशत बढेपछि २० मिनेट हल्ट भएको हो । त्यसो त प्रि ओपन सेसनमा नेप्से ४४.६३ अंक अर्थात् १.६४ प्रतिशतले बढेको थियो । त्यसअघि चुनावको सार्वजनिक विदा अघिको ६ कारोबार दिन लगातार नेप्से बढेको थियो । ६ दिनमा ९७.९२ अङ्कले बढेर नेप्से २७१२.४९ विन्दुमा रोकिएको थियो ।

नेप्से सूचक नियमित कारोबारको पहिलो घण्टामा अर्थात् दिउँसो १२ बजेअघि ४ प्रतिशत घट्यो वा बढ्यो भने २० मिनेटका लागि कारोबार स्थगित हुन्छ । नेप्से दोस्रो घण्टा अर्थात् दिउँसो १ बजेभित्र ५ प्रतिशतले उतारचढाव भएमा दोस्रो सर्किट मानेर ४० मिनेटका लागि कारोबार स्थगित हुन्छ । त्यसपछि नेप्से सूचक ६ प्रतिशतले बढेमा वा घटेमा दिनको बाँकी सबै कारोबार ठप्प हुन्छ । कम्पनीको हकमा भने १० प्रतिशतसम्म घटबढ हुनसक्ने व्यवस्था छ । कम्पनीका हकमा १० प्रतिशत बढ्दा वा घट्दा कारोबार रोकिँदैन तर, त्यसभन्दा बढी घट्ने वा बढ्ने अवस्था सिर्जना हुँदैन ।