फागुन २१ को चुनावका लागि तीन दिन बिदा दिन आयोगको सिफारिस, जेनजीले मागेका थिए एक साताको समय

फागुन १६ गते शनिबार छ भने १८ गते फागु पूर्णिमाका कारण पहाडी क्षेत्रमा सार्वजनिक विदा छ । त्यस्तै फागुन १९ गते तराईका जिल्लामा फागू पूर्णिमाको सार्वजनिक विदा छ । यस्तोमा १७ गतेदेखी नै विदा दिनु राम्रो हुने कतिपयले बताउँदै छन् । फागुन २३ गते शनिबार छ ।

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै तीन दिन सार्वजनिक बिदा दिन सरकारसमक्ष सिफारिस गरेको छ।

आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार मतदाताको उत्साहजनक सहभागिता सुनिश्चित गर्ने उद्देश्यले फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा दिन नेपाल सरकारलाई सिफारिस गरिएको हो ।

आयोगले निर्वाचन प्रक्रियामा सहजता र मतदाताको सहभागिता बढाउन बिदा आवश्यक ठानेको जनाएको छ । सार्वजनिक बिदा दिने वा नदिने अन्तिम निर्णय भने मन्त्रिपरिषद् बैठकले गर्नेछ ।

यसअघि जेनजी अगुवाहरुले देशभर निर्वाचनको माहोल बनाउन र मतदाताहरु आफ्नो निर्वाचन क्षेत्रसम्म निर्धक्क पुगेर फर्किनका लागि फागुन १७ गतेदेखी २३ गतेसम्म सार्वजनिक विदा दिन प्रधानमन्त्री शुसिला कार्कीसँग आग्रह गरेका थिए । फागुन १६ गते शनिबार छ भने १८ गते फागु पूर्णिमाका कारण पहाडी क्षेत्रमा सार्वजनिक विदा छ । त्यस्तै फागुन १९ गते तराईका जिल्लामा फागू पूर्णिमाको सार्वजनिक विदा छ । यस्तोमा १७ गतेदेखी नै विदा दिनु राम्रो हुने कतिपयले बताउँदै छन् । फागुन २३ गते शनिबार छ ।