नेप्सेसँगै घट्यो कारोबार रकम, नयाँ २ सहित ३ कम्पनीमा लाग्यो सकारात्मक सर्किट
सोमबार नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । बिहीबार ११ अर्ब १० करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएकोमा सोमबार ७ अर्ब ९४ करोड २७ लाख ६० हजार रुपैयाँबराबरको १ करोड ९६ लाख १६ हजार कित्ता सेयर किनबेच भएको छ ।
काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार मापक नेपाल स्टक एब्सचेन्ज (नेप्से) सूचक घटेर बन्द भएको छ । गत बिहीबार सामान्य अंक बढेर बन्द भएको नेप्से सोमबार ८.१६ अंक घटेर २६६२.९१ विन्दुमा झरेको छ । त्यस्तै, सोमबार सेन्सेटिभ इण्डेक्स १.०६, फ्लोट इण्डेक्स ०.५६ र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४१ अंक घटेको छ । आइतबार शिवरात्रीका कारण सार्वजनिक विदा परेकाले सेयर कारोबार भएको थिएन ।
सोमबार नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । बिहीबार ११ अर्ब १० करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएकोमा सोमबार ७ अर्ब ९४ करोड २७ लाख ६० हजार रुपैयाँबराबरको १ करोड ९६ लाख १६ हजार कित्ता सेयर किनबेच भएको छ ।
सोमबार नयाँ दुई कम्पनीससिहत तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । बुद्ध भूमि नेपाल हाइड्रोपावर कम्पनी, रिलायन्स स्पिनिङ्ग मिल्स र सालपा विकास बैंकको सेयरमा सकारात्मक सर्किट लागेको हो । रिलायन्स र सालपा गत बिहीबार नेप्सेमा सूचीकृत भई आजदेखि कारोबारमा आएका कम्पनी हुन् । त्यसपछि उच्च मूल्य बढ्ने कम्पनीमा रहेको अप्पर साङ्गे हाइड्रोपावरको ८ प्रतिशतभन्दा बढी बढेको छ । सोमबार खानी खोला हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ९.३८ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहेको रिडी हाइड्रोपावरको ६५ करोड ३ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ । सोमबार नेप्सेमा वर्गिकृत १३ समूहमध्ये ३ समूह सूचक बढेको छ भने १० समूह सूचक घटेको छ । वित्त, होटल तथा पर्यटन र उत्पादन तथा प्रशोधन समूह सूचक सामान्य बढ्दा जलविद्युत समूह सूचक सर्वाधिक १.०२ प्रतिशतले घटेको छ ।