रिलायन्स स्पिनिङ्ग मिल्सको सेयर नेप्सेमा सूचीकृत, सोमबारबाट कारोबार हुने

रिलायन्स स्पिनिङ्ग मिल्सको १०० रुपैयाँ अंकित मूल्यका १ करोड ९० लाख कित्ता साधारण सेयर सूचीकृत भएको छ । यसमध्ये संस्थापक सेयरधनीहरूको ८९.८६ प्रतिशत र सर्वसाधारणको १०.१४ प्रतिशत सेयर छ ।

काठमाडौं । नेपाल स्टक एक्चेन्ज (नेप्से) मा रिलायन्स स्पिनिङ्ग मिल्सको साधारण सेयर सूचीकृत भएको छ । नेप्सेले फागुन १ गते रिलायन्स स्पिनिङ्ग मिल्सको प्रारम्भिक सार्वजनिक प्रस्ताव (आईपीओ) सूचीकरण गरेको हो ।

रिलायन्स स्पिनिङ्ग मिल्सको १०० रुपैयाँ अंकित मूल्य भएका कुल १ करोड ९० लाख कित्ता साधारण सेयर सूचीकृत भएको छ । यसमध्ये संस्थापक सेयरधनीहरूको ८९.८६ प्रतिशत (१ करोड ७० लाख ७३ हजार ४ सय कित्ता) र सर्वसाधारणको १०.१४ प्रतिशत (१९ लाख २६ हजार ६ सय कित्ता) सेयर छ ।

काठमाडौँको कमलादीमा प्रधान कार्यालय रहेको रिलायन्स स्पिनिङ्गको सेयर निष्कासन ग्लोबल आइएमई क्यापिटलमार्फत गरिएको थियो । कम्पनीकाे सेयर फागुन ४ गते साेमबार देखि दोस्रो बजारमा कारोबारका लागि खुल्ने छ ।