सालपा विकास बैंकको आईपीओ नेप्सेमा सूचीकृत, सोमबार देखि कारोबार हुने

बैंकको आईपीओ सोमबार देखि दोस्रो बजारमा कारोबारका लागि खुला हुने छ । बैंकको १०० रुपैयाँ अंकित मूल्यका ५२ लाख २३ हजार ८८० कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत भएको छ ।

काठमाडौं । सालपा विकास बैंकले सर्वसाधारणको लागि जारी गरेको प्रारम्भिक सार्वजनिक प्रस्ताव (आईपीओ) नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ । शुक्रबार यस बैंकको सेयर नेप्सेमा सूचीकरण गरेको हो।

बैंकको आईपीओ सोमबार देखि दोस्रो बजारमा कारोबारका लागि खुला हुने छ । बैंकको १०० रुपैयाँ अंकित मूल्यका ५२ लाख २३ हजार ८८० कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत भएको छ ।

सूचीकरण सम्झौताअनुसार यसमा संस्थापक सेयर धनीहरूको ६७ प्रतिशत (३५ लाख कित्ता) र सर्वसाधारण लगानीकर्ताहरूको ३३ प्रतिशत (१७ लाख २३ हजार ८८० कित्ता) सेयर स्वामित्व छ । खोटाङको दिक्तेलमा प्रधान कार्यालय रहेको सालपाको सेयर निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल