टक्सार पिखुवा खोला हाइड्रोपावरले पायो आइपीओ अनुमति, २० करोड ८० लाखको सेयर विक्री गर्ने
टक्सार पिखुवाले १०० रुपैयाँ अंकित दरका २० लाख ८० हजार कित्ता आइपीओ बिक्री खुला गर्नेछ । आइपीओ बिक्रीपछि कम्पनीको चुक्तापुँजी १ अर्ब ४ लाख रुपैयाँ पुग्नेछ । कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा एनएमबि क्यापिल छ ।
काठमाडौं । टक्सार पिखुवा खोला हाइड्रोपावरले प्रारम्भिक सार्वजनिक प्रस्ताव (आइपीओ) निष्कासन अनुमति पाएको छ।
नेपाल धितोपत्र बोर्डले टक्सार पिखुवा खोला हाइड्रोपावरलाई २० करोड ८० लाख रुपैयाँबराबरको आइपीओ जारी गर्ने अनुमति दिएको हो । अब टक्सार पिखुवाले १०० रुपैयाँ अंकित दरका २० लाख ८० हजार कित्ता आइपीओ बिक्री खुला गर्नेछ ।
कम्पनीले हाल कायम चुक्तापुँजीको २० प्रतिशतले हुन आउने रकमबराबरको साधारण शेयर निष्कासनको अनुमति पाएको छ । यो आइपीओ बिक्रीपछि कम्पनीको चुक्तापुँजी १ अर्ब ४ लाख रुपैयाँ पुग्नेछ । कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा एनएमबि क्यापिल छ ।