प्रधानमन्त्रीको चर्चामा रहेका बालेन साहको काठमाडौं महानगर कार्यसम्पादनमा सबैभन्दा कमजोर, विराटनगर उत्कृष्ट
महानगर प्रमुख साहलाई भदौ २३ र २४ को जेनजी आन्दोलनमा सामाजिक सञ्जालमार्फत युवाहरुलाई भड्काएको र हिंसा मच्चा आरोप लाग्दै आएको छ । साहले २०७९ वैशाखमा स्वतन्त्र उम्मेद्वारका रुपमा महानगरको प्रमुखमा विजयी भएका थिए ।
काठमाडौं । प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्यांकनमा काठमाडौं महानगरपालिका सबैभन्दा कमजोर सावित भएको छ । महानगर प्रमुख बालेन (बालेन्द्र) साह केही दिनअघि मात्र राजनीनामा दिएर राष्टिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रधानमन्त्रीको उम्मेद्वार घोषित हुँदै झापा ५ मा प्रतिनिधिसभा निर्वाचन लड्न पुगेका छन् । काठमाडौं महानगरले कार्यसम्पादन मूल्यांकनमा सबैभन्दा कम ४४.९७ अंक प्राप्त गरेको छ । काठमाडौं महानगर यसअघि पनि कमजोर सावित भएको थियो । महानगर प्रमुख साहलाई भदौ २३ र २४ को जेनजी आन्दोलनमा सामाजिक सञ्जालमार्फत युवाहरुलाई भड्काएको र हिंसा मच्चा आरोप लाग्दै आएको छ । साहले २०७९ वैशाखमा स्वतन्त्र उम्मेद्वारका रुपमा महानगरको प्रमुखमा विजयी भएका थिए ।
मुलुकमा ६ वटा महानगर रहेको सबैभन्दा उत्कृष्ट विराटनगर घोषित भएको छ । विराटनगर महानगरपालिका ७८.११ अंक प्राप्त गरेको छ । विराटनगरमा नेपाली कांग्रेसका नागेश कोइराला प्रमुख छन् । कांग्रेसकै चिरिबाबु महर्जनले नेतृत्व गरेको ललितपुर महानगरले ७६.३३ अंक पाएको छ ।
उता, चितवनको भरतपुर महानगरपालिकाले ६८.०४ अंक पाएको छ । भरतपुरकी प्रमुख रहेकी रेनु दाहाल पनि राजीनामा दिएर अहिले प्रतिनिधि सभा निर्वाचनमा चितवन(३ बाट उम्मेदवार छिन् । दाहाल २०७९ मा दोस्रो कार्यकालका लागि भरतपुर महानगर प्रमुखमा निर्वाचित भएकी थिईन ।
धनराज आचार्य प्रमुख रहेको पोखरा महानगरपालिकाले ५८.७६ अंक प्राप्त गरेको छ भने राजेशमान सिंह प्रमुख रहेको वीरगञ्ज महानगरपालिकाले ५४ अंक प्राप्त गरेको छ ।
आयोगले समयमा बजेट पेश, बजेट पारित, सञ्चित कोषमा रकम जम्मा, आयव्ययको विववरण पेश, राजस्व परिचालनको अवस्थालगायत १७ वटा सूचकका आधारमा मूल्यांकन गरेको हो । आयोगको मूल्यांकनका आधारमा संघीय सरकारले अनुदान दिने गर्दछ ।