साल्ट ट्रेडिङ कर्पोरेशनको लाभांश घोषणा

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को लाभांश घोषणा गरेको छ । माघ २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैेठकले गत आवका लागि लाभांशको निर्णय गरेको हो ।

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को लाभांश घोषणा गरेको छ । माघ २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैेठकले गत आवका लागि लाभांशको निर्णय गरेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजीको ९.४९ प्रतिशत बोनस सेयर  र सोको कर प्रयोजनार्थ ०.५१ प्रतिशत नगद लाभांश गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । नेपाल सरकारले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ।