मार्जिन कारोबारकालागि ११० कम्पनी योग्य, ६१ प्रतिशत कम्पनी ऋण लिन अयोग्य (सूचीसहित)

२०८२ पुससम्म २८४ कम्पनी नेप्सेमा सूचीकृत छन् । कारोबारमा आएका कम्पनीहरुका आधारमा हेर्दा करिव ३९ प्रतिशत मात्र मार्जिन कारोबारका लागि योग्य देखिएका छन् ।

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले मार्जिन कारोबार गर्न योग्य कम्पनीहरूको अद्यावधिक सूची सार्वजनिक गरेको छ। 

सूचीअनुसार ११० वटा कम्पनीहरू मार्जिन कारोबार योग्य ठहरिएका छन् । २०८२ पुससम्म २८४ कम्पनी नेप्सेमा सूचीकृत छन् । कारोबारमा आएका कम्पनीहरुका आधारमा हेर्दा करिव ३९ प्रतिशत मात्र मार्जिन कारोबारका लागि योग्य देखिएका छन् ।

सार्वजनिक सूची अनुसार बैंक र वित्तीय संस्थाहरूमा १९ वटा वाणिज्य बैंक, ११ वटा विकास बैंक, २ वटा फाइनान्स कम्पनी, र २१ वटा लघुवित्त कम्पनी समावेश छन् ।

बीमा क्षेत्रमा १० वटा लाईफ इन्स्यारेन्स कम्पनी र ११ वटा ननलाईफ इन्स्यारेन्स कम्पनी मार्जिन कारोबारका लागि योग्य भएका छन् । त्यस्तै, २४ वटा हाइड्रो पावर कम्पनी पनि मार्जिन कारोबारको सूचीमा रहेका छन् ।

पुँजीबजारको नियामक नेपाल धितोपत्र बोर्डले मंगलबार मात्र मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशिका २०८२ जारी गरेर फागुन १ गतेदेखी लागु हुने जनाएको थियो ।

यस्तो छ सूची

प्रकाशन भएका दस्तावेजहरू

698c814045969_1770815808.pdf