सेयर बजार बस्यो स्थिर, चौथो दिन नेप्से सामान्य घट्दा कारोबार रकम केही बढ्यो

मंगलबार २६६२.१४ अंकमा रोकिएको नेप्से बुधबार २६६२.०९ अंकमा रोकिएको छ । यद्यपी पछिल्ला ४ दिनमा नेप्से ४६.५८ अंकले घटेको छ । आईतबार १०.२४ अंक, सोमबार २६.०५ अंक र मंगलबार १०.२५ अंकले घटेको छ ।

काठमाडौं । सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) चौथो दिन स्थिर जस्तै देखिएको छ । कारोबारका क्रममा २५५६.३६ अंकसम्म झरेको नेप्से सूचक अन्तिम समयमा सम्हालिएर ०.०४ अंकको गिरावट भएर लगभग स्थिर देखिएको हो । 

मंगलबार २६६२.१४ अंकमा रोकिएको नेप्से बुधबार २६६२.०९ अंकमा रोकिएको छ । यद्यपी पछिल्ला ४ दिनमा नेप्से ४६.५८ अंकले घटेको छ । आईतबार १०.२४ अंक, सोमबार २६.०५ अंक र मंगलबार १०.२५ अंकले घटेको छ ।

नेप्से करिब स्थिरजस्तै रहेजस्तै कारोेबार रकम पनि सामान्य बढेको छ । मंगलबार २ करोड १७ लाख १५ हजार ८६८ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ६१ करोड ६४ लाख रुपैयाँबराबरको कारोबार भएकोमा बुधबार २ करोड २२ लाख ८२ हजार कित्ता सेयर खरिदबिक्रीबाट ८ अर्ब ६९ करोड २२ लाख ५० हजार रुपैयाँबराबरको कारोबार भएको छ ।

रिडी पावर कम्पनीको सेयरमूल्य सर्वाधिक ९.६७ प्रतिशतले बढ्दा सुमर माइ हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ६.३९ प्रतिशतले घटेको छ । त्यस्तै, रिडी हाइड्रोपावरको ६५ करोड ४७ लाख रुपैयाँबराबरको सेयर बिनबेच भई बुधबार सर्वाधिक कारोबार हुने कम्पनीमा दरिएको छ ।