तेस्रो दिन पनि नेप्सेमा १० अंकको धक्का, ८ अर्ब ६१ करोडको सेयर किनबेच
यो साता आईतबारदेखी नै नेप्से निरन्तर घटिरहेको छ । आईतबार १०.२४ अंक र सोमबार २६.०५ अंक घटेको छ । मंगलबार नेप्सेसँगै कारोबार रकममा पनि गिरावट आएको छ ।
काठमाडौं । सेयर बजार सूचक नेपाल स्टक एब्सचेन्ज (नेप्से) १०.२५ अंकले घटेर २६६२.१४ अंकमा अडिएको छ ।
यो साता आईतबारदेखी नै नेप्से निरन्तर घटिरहेको छ । आईतबार १०.२४ अंक र सोमबार २६.०५ अंक घटेको छ । मंगलबार नेप्सेसँगै कारोबार रकममा पनि गिरावट आएको छ । सोमबार २ करोड ६७ लाख ६६ हजार ३४७ कित्ता सेयर किनबेच हुँदा १० अर्ब ७७ करोड ३९ लाख रुपैयाँबराबरको कारोबार भएकोमा मंगलबार २ करोड १७ लाख १५ हजार ८६८ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ६१ करोड ६४ लाख रुपैयाँबराबरको कारोबार भएको छ ।
मंगलबार कालिञ्चोक दर्शनको सेयरमूल्य सर्वाधिक ६.३६ प्रतिशत बढेको छ भने कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य सर्वाधिक ५.२४ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा मंगलबार अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी छ र उसको ४५ करोड २८ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ । मंगलबार नेप्सेमा बर्गिकृत १३ समूहमध्ये २ समूह सूचक (म्युचुअल फण्ड र व्यापार) समूह बढेको छ भने ११ समूह सूचक घटेको छ । विकास बैंक समूह सूचक सर्वाधिक १.१५ प्रतिशतले घटेको छ ।