कुमारी बैंकको ६ महिनाको नाफा २ अर्ब ७२ करोड, अरु सूचक कस्ता ?

विज्ञापन
ncell

कुमारी बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पुष मसान्तसम्ममा २ अर्ब ७२ करोड १ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आवको तुलनामा ८८६.६२ प्रतिशत बढी हो । बैंकको खुद ब्याज आम्दानी २७.६५ प्रतिशतले बढेर ६ अर्ब ७८ करोड ३५ लाख रूपैयाँ पुगेको छ । चालु आवको दोस्रो त्रैमासमा बैंकको प्रतिसेयर आम्दानी २० रुपैयाँ ७४ पैसा छ । गत आवको दोस्रो त्रैमासमा यस्तो आम्दानी २ रूपैयाँ १० पैसा थियो ।

काठमाडौं । कुमारी बैंकले  चालु आर्थिक वर्ष २०८२/८३ को पुष मसान्तसम्ममा २ अर्ब ७२ करोड १ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आवको तुलनामा ८८६.६२ प्रतिशत बढी हो । गत आवको सोही अवधिमा बैंकले २७ करोड ५७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । बैंकको खुद ब्याज आम्दानी २७.६५ प्रतिशतले बढेर ६ अर्ब ७८ करोड ३५ लाख रूपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा बैंकले ५ अर्ब ३१ करोड ४० लाख रूपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । 

खुद फि तथा कमिसन आम्दानी २६.६५ प्रतिशत बढेर १ अर्ब ६० करोड ९२ लाख रूपैयाँ पुगेको छ । त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ३०.०६ प्रतिशत बढेर ९ अर्ब २१ करोड २९ लाख रूपैयाँ पुगेको छ । यस अवधिमा बैंकको कर्जा नोक्सानी व्यवस्थामा छुट्याएको रकम ३ अर्ब २७ करोड ३१ लाख रुपैयाँबाट घटेर १ अर्ब ५० करोड ७५ लाख रुपैयाँ रहेको छ । सोही कारण बैंकको आम्दानीसँगै सञ्चालन मुनाफा र नाफा उल्लेख्य रूपमा बढेको हो । बैंकको सञ्चालन मुनाफा ५०५.११ प्रतिशत बढेर ४ अर्ब ३६ करोड ६५ लाख रूपैयाँ पुगेको छ ।

नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी बढेको छ । चालु आवको दोस्रो त्रैमासमा बैंकको प्रतिसेयर आम्दानी २० रुपैयाँ ७४ पैसा छ । गत आवको दोस्रो त्रैमासमा यस्तो आम्दानी २ रूपैयाँ १० पैसा थियो । पुस मसान्तसम्ममा बैंकको प्रतिसेयर नेटवर्थ १५१ रुपैयाँ १६ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ८.६३ गुणा रहेको छ ।

चालु आर्थिक वर्षको ६ महिनामा वितरणायोग्य नाफा ८६ करोड २३ लाख रूपैयाँ छ । ब्याज बक्यौताका कारण बैंकले ७८ करोड १९ लाख रूपैयाँ नियामकीय जगेडा कोषमा जम्मा गरेको छ । बैंकको सञ्चित नोक्सानी गत असार मसान्तमा ३ अर्ब ८४ करोड ९५ लाख रुपैयाँ रहेकोमा पुस मसान्तमा आउँदा घटेर २ अर्ब ९८ करोड ७२ लाख रूपैयाँमा झरेको छ ।

२६ अर्ब २२ करोड ५९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १६ अर्ब ४० करोड ५३ लाख रुपैयाँ छ । गत असार मसान्तमा ३ खर्ब ६४ अर्ब ६४ करोड रूपैयाँ रहेको बैंकको निक्षेप पुस मसान्तसम्ममा ३ खर्ब ७१ अर्ब ३८ करोड रुपैयाँ र कर्जा २ खर्ब ६० अर्ब ३२ करोड रूपैयाँबाट बढेर २ खर्ब ६५ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ ।

बैंकको निष्क्रिय कर्जा गत आवको दोस्रो त्रैमासमा ६.९६ प्रतिशत रहेकोमा समीक्षा अवधिमा घटेर ६.९२ प्रतिशत कायम भएको छ । प्राथमिक पुँजीकोष अनुपात ७.२३ प्रतिशतबाट बढेर ८.९३ प्रतिशत पुग्दा आधार दर ५.६० प्रतिशत छ ।