नेप्से ४२ अंकले घट्यो, कारोबार रकम १४ अर्बमा सीमित

विज्ञापन
ncell

आज मङ्गलवार पनि सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) घटेको छ । मङ्गलवार नेप्से सूचक ४२.५८ अंक घटेर २७२६.५१ को विन्दुमा झरेको छ । १४ अर्ब १६ करोड ७१ लाख ७९ हजार रुपैयाँबराबरको ३ करोड २ लाख ६२ हजार कित्ता सेयर खरिदबिक्री भएको छ। आज सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमूल्य सर्वाधिक ८.५६ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन दरमखोला हाइड्रो इनर्जी र माया खोला हाइड्रोपावरको सेयरमूल्य करिब साढे ८ प्रतिशत बढेको छ भने कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य साढे ६ प्रतिशत बढेको छ ।

 काठमाडौं । आज मङ्गलवार पनि सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) घटेको छ । मङ्गलवार नेप्से सूचक ४२.५८ अंक घटेर २७२६.५१ को विन्दुमा झरेको छ । १४ अर्ब १६ करोड ७१ लाख ७९ हजार रुपैयाँबराबरको ३ करोड २ लाख ६२ हजार कित्ता सेयर खरिदबिक्री भएको छ। हिजो सोमबार भने १६ अर्ब ३५ करोड ५७ लाख ३० हजार रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो । आज सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमूल्य सर्वाधिक ८.५६ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन दरमखोला हाइड्रो इनर्जी र माया खोला हाइड्रोपावरको सेयरमूल्य करिब साढे ८ प्रतिशत बढेको छ भने कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य साढे ६ प्रतिशत बढेको छ । कारोबारमा आएको ओम मेगाश्री फर्मास्यूटिकल्सको सेयरमूल्य यस दिन सर्वाधिक ६.९३ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा आज राधी विद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन ५७ करोड ८५ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। १३ उपसमूहमध्ये यस दिन १२ उपसमूहको परिसूचक घटेको छ भने एक उपसमूहको परिसूचक स्थिर रहेको छ। यस दिन वित्त उपसमूहको परिसूचक यस दिन सर्वाधिक २.४४ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन बैंकिङ्ग, विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेका छन् । आज ३४ कम्पनीको सेयर मूल्य बढ्दा २२४ को भने घटेको छ । त्यस्तै २  कम्पनीको सेयर मूल्य स्थिर छ ।