नेप्सेमा सामान्य गिरावट, कारोबार रकम १६ अर्बमाथि
अघिल्लो दिन उच्च अंकले बढेको सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज सोमबार भने घटेको छ । सोमबार नेप्से परिसूचक ३.०७ अंक घटेर २७६९.०९ विन्दुमा झरेको छ। नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ । १६ अर्ब ३५ करोड ५७ लाख ३० हजार रुपैयाँबराबरको ३ करोड ६२ लाख ६४ हजार कित्ता सेयर खरिदबिक्री भएको छ । कारोबार रकमका आधारमा यस दिन हिमालयन पावर पार्टनर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ६५ करोड ९३ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ ।
काठमाडौं । अघिल्लो दिन उच्च अंकले बढेको सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज सोमबार भने घटेको छ । सोमबार नेप्से सूचक ३.०७ अंक घटेर २७६९.०९ विन्दुमा झरेको छ । नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ । १६ अर्ब ३५ करोड ५७ लाख ३० हजार रुपैयाँबराबरको ३ करोड ६२ लाख ६४ हजार कित्ता सेयर खरिदबिक्री भएको छ । हिजो भने १३ अर्ब ७८ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो । यस दिन ५ स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यस दिन एसवाई प्यानल नेपाल, हिम स्टार उर्जा कम्पनी, सान्भि इनर्जी, सप्तकोशी डेभलपमेन्ट बैंक र माउन्टेन हाइड्रो नेपालको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।
कारोबार रकमका आधारमा हिमालयन पावर पार्टनर शीर्ष स्थानमा छ । हिमालयन पावरको ६५ करोड ९३ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ । त्यसैगरी आँखुखोला हाइड्रोपावरको ५६ करोड १६ लाख, मन्जुश्री फाइनान्स को ५२ करोड ३२ लाख, एसवाई प्यानलको ५० करोड १७ लाख र बन्दीपुर केबलकारको ४० करोड ५५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
१३ समूहमध्ये ४ समूहको सूचक बढेको छ भने ९ समूहको सूचक घटेको छ । सोमबार होटल तथा पर्यटन समूहको सूचक सर्वाधिक १.६७ प्रतिशत बढेको हो । त्यस्तै, सोमबार जलविद्युत, उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड समूहको सूचक सामान्य बढेको हो ।
सोमबार घटेका स्टकहरुको मूल्य गिरावट दर ४ प्रतिशतभन्दा कम छ । आज ८८ कम्पनीको सेयर मूल्य बढ्दा १६५ को भने घटेको छ । त्यस्तै ७ कम्पनिको सेयर मूल्य स्थिर छ ।
