"निजी क्षेत्रः प्रश्न, पहिचान र प्रतिबद्धता” विषयमा वृहत अन्तरक्रिया सम्पन्न उद्योगीको सुरक्षा र नीतिगत स्थिरतामा जोड
निजी क्षेत्रले भोग्दै आएको पीडालाई गम्भीरतापूर्वक आत्मासमीक्षा गरी साझा भविष्यप्रति दृढ प्रतिबद्धता जनाउने उद्देश्य सहित उद्योग संगठन मोरङ र राष्ट्रिय व्यवसायीक पहलको आयोजना तथा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको समन्वयमा “निजी क्षेत्रः प्रश्न, पहिचान र प्रतिबद्धता” विषयक वृहत अन्तरक्रियात्मक कार्यक्रम भएको छ ।