३५ दिनको अल्टिमेटमसहित सरकारी रकम नतिर्ने ५२ जनाको तीनपुस्ते विवरण सार्वजनिक

सरकारलाई तिर्नुपर्ने रकम नतिरेका ५२ जना व्यक्तिको तीनपुस्ते विवरण सरकारले सार्वजनिक गरेको छ। यो विवरणमा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह, दि फूलबारी लिमिटेड पोखराका पियुष बहादुर अमात्यदेखि कर्मचारी, कृषि व्यवसायी, सशस्त्र प्रहरी लगायत छन् । निर्धारित समयभित्र रकम नतिरेमा सम्बन्धित व्यक्तिहरूको चल तथा अचल सम्पत्ति दाबी गरी प्रचलित कानुन बमोजिम असुल उपर गरिने चेतावनी दिइएको छ।

काठमाडौं । सरकारलाई तिर्नुपर्ने रकम नतिरेका ५२ जना व्यक्तिको तीनपुस्ते विवरण सरकारले सार्वजनिक गरेको छ। महालेखा नियन्त्रकको कार्यालय अन्तर्गत रहेको कुमारी चोक तथा केन्द्रीय तहसिल कार्यालय, बबरमहलले आज ती व्यक्तिहरूको नाम, ठेगाना र तिर्न बाँकी रकमसहितको विवरण सार्वजनिक गर्दै ३५ दिनभित्र साँवा तथा ब्याज बुझाउन निर्देशन दिएको हो।

यो विवरणमा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह, दि फूलबारी लिमिटेड पोखराका पियुष बहादुर अमात्यदेखि कर्मचारी, कृषि व्यवसायी, सशस्त्र प्रहरी लगायत छन् । निर्धारित समयभित्र रकम नतिरेमा सम्बन्धित व्यक्तिहरूको चल तथा अचल सम्पत्ति दाबी गरी प्रचलित कानुन बमोजिम असुल उपर गरिने चेतावनी दिइएको छ।

सार्वजनिक सूचनामा लेखिएअनुसार सरकारी रकम तिर्न बाँकी हुनेहरुको लगत कायम गरी उनीहरुको नाम वेबसाइटमा राखेर रकम बुझाउन आउन भनी विगतका वर्षहरुमा पनि पटक–पटक सार्वजनिक सूचना प्रकाशित गरिएको थियो । साथै घर ठेगानामामा पत्राचार गरी उपस्थित हुन भनिएको थियो । सो सूचना र प्रयासका बाबजुद पनि सरकारी रकम बाँकी हुनेहरुबाट रकम बुझाउने काम नभएकाले बाध्य भएर तीनपुस्ते विवरण प्रकाशित गरिएको केन्द्रीय तहसिल कार्यालयले जनाएको छ ।