सुनचाँदीको मूल्य घट्यो: सुन २९०० र चाँदी ५० रुपैयाँले सस्तो
नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहिबार छापावाल सुन तोलाको २ हजार ९०० रुपैयाँले घटेर २ लाख ९२ हजार २०० रुपैयाँ कायम भएको हो । यस्तै, आज चाँदीको मूल्य पनि ५० रुपैयाँले घटेर ५ हजार ८७० रुपैयाँमा कारोबार भइरहेको छ ।
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । केही दिनयता निरन्तर बढेको सुनचाँदी आज भने घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहिबार छापावाल सुन तोलाको २ हजार ९०० रुपैयाँले घटेर २ लाख ९२ हजार २०० रुपैयाँ कायम भएको हो । यसअघि बुधबार छापावाल सुन तोलाको २ लाख ९५ हजार १०० मा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि ५० रुपैयाँले घटेर ५ हजार ८७० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको ५ हजार ९२० रुपैयाँमा कारोबार भएको थियो ।