नेप्सेको सुधारमा ब्रेक, आज ९.४३ अंकले घट्यो
आज नेप्से सूचक ९.४३ अंकले घट्दै २७०५.३८ को विन्दुमा पुगेको छ । आज ८ अर्ब ९२ करोड ३६ लाख ५० हजार रुपैयाँबराबरको २ करोड १६ लाख ४१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। यस दिन कालिका पावर कम्पनीको शेयरमूल्य सर्वाधिक ९.८४ प्रतिशत बढेको छ।
काठमाडौ । लगातार ४ दिनदेखि बढिरहेको सेयर बजार मापक नेपाल स्टक एक्सेन्ज (नेप्से) आज भने घटेको छ । आज नेप्से सूचक ९.४३ अंकले घट्दै २७०५.३८ को विन्दुमा पुगेको छ । आज ८ अर्ब ९२ करोड ३६ लाख ५० हजार रुपैयाँबराबरको २ करोड १६ लाख ४१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। हिजो भने ११ अर्ब ८५ करोड ८४ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको थियो ।
आज ८२ कम्पनीको सेयर मूल्य बढ्दा १७४ को भने घटेको छ। त्यस्तै ३ कम्पनिको सेयर मूल्य भने स्थिर छ ।
यस दिन कालिका पावर कम्पनीको शेयरमूल्य सर्वाधिक ९.८४ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ भने रिभर फल्स पावरको शेयरमूल्य साढे ५ प्रतिशत बढेको छ। अन्य स्टकहरुको मूल्य वृद्धिदर यस दिन ५ प्रतिशतभन्दा कम रहेको छ। कारोबारमा आएको गुराँस लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य यस दिन सर्वाधिक ५.८९ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन आँखु खोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ४३ करोड ३६ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ।