कांग्रेस सभापति थापाको विपक्षमा गएन अदालत, देउवा र खड्काको मागमा भएन अन्तरिम आदेश
सर्वोच्चका न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले आज अन्तरिम आदेश नदिएपछि थापालाई कांग्रेसको सभापतिका रुपमा काम गर्न बाटो खुलेको छ । यद्यपी अहिलेसम्म थापा पार्टी कार्यालय प्रवेश गरेका छैनन् । पार्टी कार्यालयमा देउवा पक्षधरले पहरा दिएर बसिरहेका छन् ।
काठमाडौं । सर्वोच्च अदालतले शेरबहादुर देउवालाई नेपाली कांग्रेसको सभापति घोषणा गर्न अस्वीकार गरेको छ । दोस्रो विशेष महाधिवेशनले सभापति बनाएको गगन कुमार थापालाई निर्वाचन आयोगले मान्यता दिएपछि देउवानै कांग्रेसको सभापति भएको र थापालाई सभापति मान्ने निर्णय पार्टी विधानविपरित भएको भन्दै कार्यवाहक सभापति पूर्ण बहादुर खड्का सर्वोच्च गएका थिए । तर, सर्र्वोच्चले दोस्रो महाधिवेशनबाट सभापति भएका थापालाई मान्यता दिने निर्वाचन आयोगको निर्णय विरुद्ध अन्तरिम आदेश दिन अस्वीकार गर्यो ।
सर्वोच्चका न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले आज अन्तरिम आदेश नदिएपछि थापालाई कांग्रेसको सभापतिका रुपमा काम गर्न बाटो खुलेको छ । यद्यपी अहिलेसम्म थापा पार्टी कार्यालय प्रवेश गरेका छैनन् । पार्टी कार्यालयमा देउवा पक्षधरले पहरा दिएर बसिरहेका छन् ।
कांग्रेसका तत्कालीन सभापति देउवा र तत्कालिन कार्यवाहक सभापति खड्काले माघ ४ गते सर्वोच्चमा रिट दायर गरेका थिए । रिटमा कांग्रेस सभापति थापा र उपसभापति विश्वप्रकाश शर्मालाई विपक्षी बनाइएको छ । यद्यपी अदालतले अन्तरिम आदेश दिने वा नदिने भन्ने विषयमा छलफल गर्न दुवै पक्षलाई बोलाएको छ ।