भक्तपुर–२ मा कांग्रेसका उम्मेदवारमा कविर राणा
नेपाली कांग्रेसले भक्तपुर–२ मा कविर राणालाई उम्मेदवार बनाएको छ । संसदीय बोर्डले राणालाई उम्मेदवार बनाउने मंगलबार बिहान निर्णय गरेको हो । यस क्षेत्रमा अघिल्लोपटक कांग्रेसका उम्मेदवार दुर्लभ थापाले जितेका थिए । यस क्षेत्रमा एमालेका महेश बस्नेत, रास्वपाका राजीव खत्री उम्मेदवार बनेका छन् ।
काठमाडौं । नेपाली कांग्रेसले भक्तपुर–२ मा कविर राणालाई उम्मेदवार बनाएको छ । संसदीय बोर्डले राणालाई उम्मेदवार बनाउने मंगलबार बिहान निर्णय गरेको हो । यस क्षेत्रमा अघिल्लोपटक कांग्रेसका उम्मेदवार दुर्लभ थापाले जितेका थिए । जिल्ला सभापति रहेका थापाले जितेको क्षेत्रमा यसपटक राणालाई उम्मेदवार बनाइएको छ । यस क्षेत्रमा एमालेका महेश बस्नेत, रास्वपाका राजीव खत्री उम्मेदवार बनेका छन् ।
राणा देशान्तर साप्ताहिकका प्रधानसम्पादक हुन्। उनी भक्तपुरका कांग्रेस जिल्ला समिति सदस्य पनि हुन्।