भरतपुर नगर प्रमुख दाहालले उपप्रमुख अधिकारीसमक्ष बुझाइन् राजीनामा

विज्ञापन
ncell

राजीनामा दिनुअघि कार्यपालिका बैठक राखेर मेयर दाहालले महानगरका जनप्रतिनिधि तथा कार्मचारीलाई धन्यवाद दिएकी थिइन् । दाहालले भरतपुर महानगरपालिकामा दुई पटक प्रमुखको जिम्मेवारी निर्वाह गरेकी थिइन् ।

काठमाडौं । भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले राजीनामा दिएकी छन् ।

आज चितवन क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारी दिने निर्णय गरेकी दाहालले उपप्रमुख चित्रसेन अधिकारीलाई राजीनामा दिएकी हुन् ।

उनले आज मह्यान्ह १२ बजे उम्मेदवारी दिने कार्यक्रम तय गरेकी छन् । राजीनामा दिनुअघि कार्यपालिका बैठक राखेर मेयर दाहालले महानगरका जनप्रतिनिधि तथा कार्मचारीलाई धन्यवाद दिएकी थिइन् । दाहालले भरतपुर महानगरपालिकामा दुई पटक प्रमुखको जिम्मेवारी निर्वाह गरेकी थिइन् ।